नेपाल एयरलाइन्सले गर्यो चीनको ग्वाञ्जाओ उडानको तयारी, ७ देशका लागि २० कर्मचारी सरुवा



काठमाडौं । नेपाल वायु सेवा निगमले चीनको ग्वाञ्जाओमा उडान गर्ने तयारी सुरु गरेको छ । जसअनुसार निगमले हालै चीनको ग्वाञ्जाओका लागि कर्मचारी सुरुवा गरेको हो ।

मंगलबार निगमले चीनको ग्वाञ्जाओसहित विभिन्न देशका लागि विभिन्न तहका कन्ट्रि म्यानेजर, स्टेसन म्यानेजर, फाइनान्स म्यानेजर पदमा २० जना कर्मचारी सरुवा गरेको हो ।
सरुवा गरिएका कर्मचारीको अवधि २ वर्षको हुने निगमले जानकारी दिएको छ ।

निगमले कर्मचारीहरुलाई जेष्ठता, शैक्षिक योग्यता, कार्य सम्पादन मूल्यांकन तथा अन्तर्वार्तामा प्राप्त गरेको अंकका आधारमा उच्चतम् अंक प्राप्त गर्ने कर्मचारीलाई सरुवा गरिएको जानकारी दिएको छ ।

जसअनुसार निगमले मंगलबार आठौं तहमा कन्ट्रि म्यानेजर (प्रबन्धक) पदमा क्वालालम्पुर (मलेसिया)का लागि नरेशकुमार श्रेष्ठ, मुम्बई भारतका लागि नवराज कोइराला, नयाँ दिल्ली भारतका लागि नारायणप्रसाद पौडेल, हङकङका लागि नवराज उपाध्याय र दोहा कतारका लागि प्रेमप्रसाद उप्रेतीलाई सरुवा गरिएको हो ।

साथै निगमले सातौं तहका कन्ट्रि म्यानेजर÷स्टेसन म्यानेजर पदमा ओसाका जापानका लागि कुमारी गीता चन्द, बैंग्लोर भारतका लागि रितादेवी राई र बैंकक थाइल्याण्डका लागि होमप्रसाद पराजुलीलाई खटाएको छ ।

त्यस्तै, सातौं तहकै लेखा प्रबन्धक पदमा नयाँ दिल्ली भारतका लागि राजेन्द्रबहादुर शाही, मुम्बई भारतका लागि निरेन्द्र कार्की, ओसाका जापानका लागि सरोज पन्थी, ग्वाञ्जाओ चीनका लागि सुनिलकुमार श्रेष्ठ र हङकङका लागि अजयबिक्रम शाहलाई सरुवा गरेको हो ।

त्यस्तै, निगमले छैठौं तहको स्टेसन म्यानेजर पदमा ग्वाञ्जाओ चीनका लागि तेजबहादुर थापा, बेंग्लोर भारतका लागि अरुण वैद्य, क्वालालम्पुर मलेसियाका लागि युवराज आचार्य, हङकङका लागि कल्पना काफ्ले र दोहा कतारका लागि उज्वल दाहाललाई सरुवा गरेको हो ।

साथै निगमले मंगलबारे छैठौं तहको लेखा प्रबन्धक पदमा बैंग्लोर भारतका लागि सूर्यबहादुर नेपाली र बैंकक थाइल्याण्डका लागि सरिता थापालाई सरुवा गरेको छ ।


क्लिकमान्डु