भ्रमण वर्षको उद्घाटनमा ४० देशका पर्यटनमन्त्रीलाई बोलाइने



काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा ४० वटा देशका पर्यटन मन्त्री बोलाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले उद्घाटन कार्यक्रममा ४० वटा देशका पर्यटनमन्त्रीलाई निम्ता गरिएको जानकारी दिए ।

प्रदेश नम्बर ३ ले नेपाल भ्रमण वर्ष २०२० बारे पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले भ्रमण वर्षको तयारी समेत तीव्र गतीमा भइरहेको बताए ।

‘भ्रमण वर्षको तयारी सुरु भइसकेको छ, भ्रमण वर्षको सचिवालयले सबै प्रदेश सरकारलाई जानकारी गराइसकेको र कुटनीतिक नियोगमार्फत् विदेशमा समेत तयारी गर्न भनि सकिएको छ’ उनले भने ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा विदेशी कलाकारलाई समेत निम्त्याउने बताए ।

भ्रमण वर्षको उद्घाटन जनवरी १ मा हुनेछ । भने विदेशको हकमा जनवरीको पहिलो सातामा सबै देशमा उद्घाटन हुनेछ ।


क्लिकमान्डु