नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई १०.५ प्रतिशत बोनस र ८.५ प्रतिशत नगद लाभांश दिने नेप्सेलाई जानकारी गराइएको छ ।

बैंकले बोनस सेयरको लागि १ अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ छुट्याएको छ ।

यस्तै ८.५ प्रतिशत नगद लाभांशको लागि भन्दै बैंकले १ अर्ब ९ करोड ३९ लाख २८ हजार ६७४ रुपैयाँ छुट्याएको छ । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको अनुमति र बैंकको साधारण साभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १ सय रुपैयाँ रहेको छ ।


क्लिकमान्डु