८ अर्ब आइपिओ ल्याउन लागेको इन्फास्ट्रक्चर बैंकले तीन महिनामा १७ करोड नाफा कमायो



काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म ६६ करोड ९२ लाख रुपैयाँ नाफा रहेको बैंकले असोज मसान्तसम्ममा २७.७७ प्रतिशत नाफामा वृद्धि गरेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरि ८ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले ३१ करोड ७९ लाख ५५ हजार रुपैयाँ व्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ भने ९७ करोड ४८ लाख रुपैयाँ रिर्जभमा छ । असोज मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ९.४० प्रतिशत र प्रतिसेयर आम्दानी ६ रुपैयाँ २० पैसा रहेको छ ।
बैंकले ८ अर्ब रुपैयाँको आइपिओ ल्याउने तयारी गरेको छ ।


क्लिकमान्डु