नेपाल लाइफको नाफा २० करोड, जीवन बीमा कोष ७२ अर्ब पुग्यो



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासिक अवधीमा २० करोड ४४ लाख नाफा गरेको छ ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा नेपाल लाइफले २० करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । यो नाफा बीमाङीय मूल्यांकन बाहेकको हो । मूल्यांकनपछि कम्पनीको नाफा बढ्ने छ ।

जीवन बीमा कम्पनीमा सबैभन्दा बढी चुक्ता पूँजी ५ अर्ब ४९ करोड रहेको नेपाल लाइफको जीवन बीमा कोषमा ७२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । महाविपत्ती कोष र जगेडामा ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले पहिलो त्रैमासमा ७ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन कम्पनीको ९९ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १ लाख २३ हजार ३९ लाख २४८ वटा बीमा लेख जारी गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १२.८८ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु