भारतमा औद्योगिक उत्पादन ८ वर्ष यताकै कम, कुन क्षेत्रको अवस्था कस्तो छ ?




काठमाडौं । भारतको औद्योगिक उत्पादनमा ८ वर्ष यताकै सर्वाधिक कमी आएको छ । पछिल्लो तथ्याङक अनुसार सेप्टेम्बरमा उत्पादन ४.३ प्रतिशतले घटेको हो ।

यसअघि सन् २०११ को अक्टुवरमा भारी गिरावट भएको थियो । औद्योगिक उत्पादन लगातार दुई महिना घटेको तथ्याङकले देखाएको छ ।

मेनुफेक्चरिङ क्षेत्रमा देखिएको खराब अवस्थाका कारण अगस्टमा १ं.१ प्रतिशत मात्र भएको गिरावट बढेर ४.३ प्रतिशत पुगेको हो । मेनुफेक्चरिङ क्षेत्रमा मात्रै ३.९ प्रतिशत गिरावट आएको छ ।  १७ वटा आद्योगिक समुहको ग्रोथ नकारात्मक देखिएको छ ।

कुन क्षेत्रको अवस्था कस्तो छ ?

 


क्लिकमान्डु