६०० मिलियन डलर ठगी काण्डपछि भारतमा बैंकका लाखाैं ग्राहक आन्दोलनमा उत्रिए




काठमाडौं । भारतमा रहेको पञ्जाब एण्ड महाराष्ट्र सहकारी बैंकका ग्राहक आन्दोलिनत भएका छन् ।

६ सय मिलियन डलर रुपैयाँ ठगि काण्डपछि अहिले उक्त बैंकमाथि अनुसन्धान शुरु भएको छ । अनुसन्धानका लागि बैंकका म्यानेजिङ डाइरेक्टर पक्राउ परेका छन् । त्यसैगरी, प्रहरीले अनुसन्धानका लागि २ जना अडिटर पनि पक्राउ गरेको छ ।

बैंकका ग्राहकले आफ्नो पैसा फिर्ता माग गर्दै एक हप्तादेखि आन्दोलनमा रहेका छन् । बैंकले अहिले ग्राहकलाई आफ्नो खाताबाट ७ सय अमेरिकी डलर मात्र निकाल्न अनुमति दिएको छ ।

आन्दोलनमा रहेका अधिकांश ग्राहकले आफ्नो जिन्दगीभरको बचत गुम्ने चिन्ता ब्यक्त गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् । अहिले उक्त बैंक सम्बद्ध लाखौ ग्राहक आन्दोलनमा छन् ।


क्लिकमान्डु