पवन थापाले आइएमइ जनरल इन्स्योरेन्स छाडे, अब एभरेष्ट इन्स्योरेन्सको डेपुटी सीइओ



काठमाडौं । आइएमइ जनरल इन्स्योरेन्स (आइजीआइ)का डेपुटी जनरल म्यानेजर (डीजीएम) पवन थापाले कम्पनी छाडेका छन् । आइजीआइएको सञ्चालक समितिले थापाले दिएको राजिनामा स्वीकृत गरेपछि कात्तिक १७ गतेदेखि उनले कम्पनी छाडेका हुन् ।

बीमा क्षेत्रमा २२ वर्ष काम गरेको अनुभव भएका थापा अब एभरेष्ट इन्स्योरेनसको डेपुटी सीइओ हुने भएका छन् । बीमा कम्पनीका उच्च व्यवस्थापनका लागि नियामक बीमा समितिले १ महिनाको कुलिङ पिरियड सकिएपछि मात्रै थापा एभरेष्ट इन्स्योरेन्समा हाजिर हुनेछन् । जसअनुसार आगामी मंसिर तेस्रो सतादेखि उनी एभरेष्ट इन्स्योरेन्सको डेपुटी सीइओ भर काम गर्नेछन् ।

मार्केटिङदेखि करियर शुरु गरेका थापासँग अन्डरराइटिङ, क्लेम, रि–इन्स्योरेन्स र पोलिसीमा काम गरेको अनुभव छ । सिद्धार्थ इन्स्योरेन्समा हुँदा उनले मेडिकल युनिट नै खडा गरेका थिए भने आइजीआइमा विद्यार्थी बीमा पोलिसी ल्याएका थिए ।

२०५४ सालमा सगरमाथा इन्स्योरेन्समा असिस्टन पदबाट जागिरे जिबनको शुरुवात गरेका थापाले १३ वर्ष सगरमाथा इन्स्योरेन्समै काम गरेका थिए । जागिर छाड्ने बेलामा उनी म्यानेजर थिए ।

सगरमाथा छाडेर उनी सिद्दार्थ इन्स्योरेन्स गए । सिद्दार्थमा साढे ७ वर्ष काम गरे । सिद्दार्थ छाड्ने बेलामा उनी चिफ म्यानेजर थिए । त्यसपछि उनले डेपुटी जनरल म्यानेजर भएर आइएमइ जनरल इन्स्योरेन्समा २२ महिना काम गरे ।

बीमा क्षेत्रमा काम गर्नेहरु थापा प्रष्ट बक्ता, मिहेनती, कम्पनीप्रति बफादार र कम्प्लाइन्समा जोड दिने व्यक्ति भएको बताउँछन् ।


पुष्प दुलाल