पहिलो त्रैमासमै किन घट्यो बैंकहरुको नाफा ?



काठमाडौं । चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमासमा ८ वटा वाणिज्य बैंकले ४ अर्ब २४ करोड ८९ लाख ३१ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको यसै अवधिको तुलनामा १.७८ प्रतिशतले बढी हो ।

गत आवको पहिलो त्रैमासमा यी बैंकहरुको नाफा ४ अर्ब १७ करोड ४३ लाख ७२ हजार रुपैयाँ नाफा कमाएका थिए । गत आवको भन्दा चालु आवको पहिलो त्रैमासमा बैंकहरुको नाफामा अपेक्षाकृत सुधार भने देखिएको छैन ।

२८ वटा बाणिज्य बैंकमध्ये ८ वटा बैंकले चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये ३ वटा बैंकको नाफा घटेको छ भने अन्य बैंकहरुको नाफा सन्तोषजनक छैन ।

पहिलो त्रैमासको रिपोर्ट अनुसार नेपाल बैंकको नाफा ३६.३३ प्रतिशतले घटेको छ भने सिटिजन्स बैंकको १८.५७ प्रतिशत र सिद्दार्थ बैंकको नाफा ०.६९ प्रतिशतले गिरावट आएको छ ।

वित्तीय विवरण सार्वजनिक गरेको बैंकहरुमा सबैभन्दा बढी नाफा आर्जन बैंंकमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले ४०.५५ प्रतिशत नाफा बढाएको छ ।

अहिलेसम्म रिपोर्ट अनुसार दोस्रो स्थानमा सनराइज बैंक रहेको छ । सनराइज बैंकको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३७.०६ प्रतिशतले नाफा बढाएको छ ।

यस्तै सानिमा १४.४०, जनता बैंकको नाफा १३.९६, प्रभु बैंकको ५.०१ प्रतिशतले नाफामा सुधार देखिएको छ ।


पुष्प दुलाल