कुन गाडी कम्पनीले कति कमाए, कति गुमाए ?



काठमाडौं । पछिल्लो समय विश्वभर रहेका विभिन्न गाडी कम्पनीले विभिन्न मोडलका गाडीहरु उत्पादन गर्दै आएका छन् । सबै कम्पनी आफु अटोमोवाइल्स क्षेत्रमा अब्बल रहेको दाबी छ ।

कम्पनीका आ-आफ्ना दाबी भएपनि कुन कम्पनीले कतिको ब्यापार गरेका छन त ? कुन कम्पनीले कति कमाए र कति गुमाए ? यो पक्कै पनि एउटा चासोको विषय हो । कतिपय नाम चलेका कम्पनीले कम्पनीको नाफामा आएका गिरावटका कारण हजारौं रोजगारी समेत कटौती गरेका छन् ।

आर्थिक वर्ष सन् २०२० को दोस्रो त्रैमासिकको तथ्याङकलाई आधार मान्दा धेरैजसो कम्पनीको नाफामा गिरावट आएको छ भने केहि कम्पनीमात्र नाफामा रहेका छन् ।

उक्त तथ्याङक अनुसार केहि कम्पनीको तथ्याङक प्रस्तुत गरिएको छ । सबैभन्दा नाफामा कमी आउनेमा अशोक लेलेण्ड कम्पनी रहेको छ तर उसको नाफा ९२ प्रतिशतले घटेको छ ।

त्यसैगरी महिन्द्रा कम्पनीको नाफा २७ प्रतिशतले घटेको छ । भारतको सबैभन्दा ठुलो गाडी निर्माता कम्पनीको नाफामा पनि ३९ प्रतिशत गिरावट आएको छ । संसारको लोकप्रिय गाडी कम्पनी बिएमडब्लुको नाफामा पनि १९.६ प्रतिशतले कमी आएको छ । त्यसैगरी मज्दा कम्पनीको नाफामा ७९ प्रतिशत, हिरो मोटोकर्पसको १० प्रतिशतले कमी आएको तथ्याङमा उल्लेख गरिएको छ ।

विभिन्न गाडी कम्पनीको नाफा माइनसमा भएपनि केहि कम्पनीले भने केहि प्रतिशत नाफा कायम राखेका छन् । यसरी नाफा गर्ने कम्पनीहरुमा टिभिएसले ८.८ प्रतिशत, टोयोटाले १४ प्रतिशत, रेनोले २४ प्रतिशत, हुण्डाईले २३.३ प्रतिशत, बजाजले १८ प्रतिशत र होण्डाले २.६ प्रतिशत नाफा गरेका छन् ।


क्लिकमान्डु