बुलिस ट्रेण्ड समाएको महंगो सेयर युनिलिभर, खर्च घटाउने चुनौती (प्राविधिक विश्लेषण)



नेप्से परिसूचकमा सुचिकृत कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य भएको युनिलिभर नेपाल लिमिटेडको गत आवको चौथो त्रैमासमा खुद मुनाफा ६.७५ प्रतिशतले बढेर १ अर्व ६ करोड ६६ लाख रुपैंया नाफा छ ।

कम्पनीले गत आवको सोही अवधिमा ९९ करोड ९२ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । कम्पनीले गत आवभन्दा १८.१९ प्रतिशतले वृद्धि गरी ५ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ ।

अघिल्लो वर्ष कम्पनीको ४ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ आम्दानी थियो । अन्य आम्दानी ५.७२ प्रतिशतले बढेर ५१ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा ४८ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

सञ्चालन आम्दानी र अन्य आम्दानी गरी १७.०६ प्रतिशतले बढेर कुल ६ अर्व २६ करोड ९४ लाख रुपैयाँ आर्जन गर्यो भने गतवर्ष ५ अर्व ३५ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

खर्चतर्फ उपभोग सामग्रीको लागत गतवर्षभन्दा २०.८५ प्रतिशतले बढेर ३ अर्ब ३ करोड, कर्मचारी खर्च २४.४४ प्रतिशतले बढेर ५२ करोड ६५ लाख रुपैयाँ, मूल्यह्रास र परिशोधन खर्च ४०.३५ प्रतिशतले बढेर ६ करोड ३३ लाख रुपैयाँ तथा अन्य खर्च २१.८४ प्रतिशतले बढेर १ अर्ब २७ करोड १० लाख छ ।

यसबाट कम्पनीको कुल खर्च २१.७० प्रतिशतले बढेर ४ अर्व ८९ करोड ९७ लाख रुपैयाँ पुग्यो भने गत आवको सोही अवधिमा ४ अर्ब २ करोड ६१ लाख रुपैयाँ थियो । युनिलिभरको आय स्रोतभन्दा पनि व्ययको पाटो बढी भएकाले पनि नाफा सामान्य मात्र देखिएको हो । आउँदा दिनमा खर्चको पाटो नियन्त्रण गर्न सकेको अवस्थामा मुनाफा वृद्धिको सम्भावना प्रबल देखिन्छ ।

९ करोड २१ लाख मात्र चुक्ता पूँजी रहेको युनिलिभर नेपाल कम्पनीको जगेडा कोषमा २ अर्ब २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवको अवधिमा कम्पनीको जगेडा कोष १ अर्ब ८१ करोड १४ लाख सञ्चित थियो । जगेडाकोष आवको तुलनामा २३.३० प्रतिशतले बढी हो ।

जोखिम व्यवस्थापनमा ३४.३५ प्रतिशतले घटेर १८ करोड ३१ लाख रुपैयाँ घट्यो भने जुन गत आवको सोही अवधिमा २७ करोड ८९ लाख रुपैयाँ थियो ।

गत वर्षको नाफाबाट ९९० प्रतिशतले नगद लाभांश वितरण गरेको कम्पनीको दोस्रो बजारमा अन्तिम पटक कारोबार हुँदा २० हजार २०० रुपैयाँ छ । नगद लाभांश मात्र वितरण गर्ने कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ६.७३ प्रतिशत अर्थात् ७३ रुपैयाँले सुधार भएको छ ।

गत वर्षमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११५८ रुपैयाँ ०९ पैसा कायम भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिसेयर आम्दानी १०८४ रुपैयाँ ९१ पैसा थियो । प्रतिसेयर नेटवर्थ दुई हजार ५२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४९ छ ।

युनिलिभर नेपाल कम्पनीको ५ वर्षको वित्तीय विवरण

नेप्से परिसूचकमा सुचिकृत कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य भएको युनिलिभर नेपाल लिमिटेडको गत आवको चौथो त्रैमासमा खुद मुनाफा ६.७५ % ले बढेर १ अर्व ६ करोड ६६ लाख रुपैंया नाफा छ ।

कम्पनीले गत आवको सोही अवधिमा ९९ करोड ९२ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । कम्पनीले गत आवभन्दा १८.१९ प्रतिशतले वृद्धि गरी ५ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ ।

अघिल्लो वर्ष कम्पनीको ४ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ आम्दानी थियो । अन्य आम्दानी ५.७२ प्रतिशतले बढेर ५१ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा ४८ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

सञ्चालन आम्दानी र अन्य आम्दानी गरी १७.०६ प्रतिशतले बढेर कुल ६ अर्व २६ करोड ९४ लाख रुपैयाँ आर्जन गर्यो भने गतवर्ष ५ अर्व ३५ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

खर्चतर्फ उपभोग सामग्रीको लागत गतवर्षभन्दा २०.८५ प्रतिशतले बढेर ३ अर्ब ३ करोड, कर्मचारी खर्च २४.४४ प्रतिशतले बढेर ५२ करोड ६५ लाख रुपैयाँ, मूल्यह्रास र परिशोधन खर्च ४०.३५ प्रतिशतले बढेर ६ करोड ३३ लाख रुपैयाँ तथा अन्य खर्च २१.८४ प्रतिशतले बढेर १ अर्ब २७ करोड १० लाख छ ।

यसबाट कम्पनीको कुल खर्च २१.७० प्रतिशतले बढेर ४ अर्व ८९ करोड ९७ लाख रुपैयाँ पुग्यो भने गत आवको सोही अवधिमा ४ अर्ब २ करोड ६१ लाख रुपैयाँ थियो । युनिलिभरको आय स्रोतभन्दा पनि व्ययको पाटो बढी भएकाले पनि नाफा सामान्य मात्र देखिएको हो । आउँदा दिनमा खर्चको पाटो नियन्त्रण गर्न सकेको अवस्थामा मुनाफा वृद्धिको सम्भावना प्रबल देखिन्छ ।

९ करोड २१ लाख मात्र चुक्ता पूँजी रहेको युनिलिभर नेपाल कम्पनीको जगेडा कोषमा २ अर्ब २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवको अवधिमा कम्पनीको जगेडा कोष १ अर्ब ८१ करोड १४ लाख सञ्चित थियो । जगेडाकोष आवको तुलनामा २३.३० प्रतिशतले बढी हो ।

जोखिम व्यवस्थापनमा ३४.३५ प्रतिशतले घटेर १८ करोड ३१ लाख रुपैयाँ घट्यो भने जुन गत आवको सोही अवधिमा २७ करोड ८९ लाख रुपैयाँ थियो ।

गत वर्षको नाफाबाट ९९० प्रतिशतले नगद लाभांश वितरण गरेको कम्पनीको दोस्रो बजारमा अन्तिम पटक कारोबार हुँदा २० हजार २०० रुपैयाँ छ । नगद लाभांश मात्र वितरण गर्ने कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ६.७३ प्रतिशत अर्थात् ७३ रुपैयाँले सुधार भएको छ ।

गत वर्षमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११५८ रुपैयाँ ०९ पैसा कायम भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिसेयर आम्दानी १०८४ रुपैयाँ ९१ पैसा थियो । प्रतिसेयर नेटवर्थ दुई हजार ५२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४९ छ ।

फ्लोरसिटफ्लोरसिट हेर्दा खरिदतर्फ ब्रोकर न १६, १७ तथा ६ र सर्वाधिक बिक्री गर्ने ब्रोकर न २५, ३ तथा १७ सबैभन्दा बढी कारोबार भएको देखिन्छ । सर्वाधिक उच्च मूल्य भएकाले कम सेयर कारोबार हुने युनिलिभरको ११० कित्ता २० हजार रुपैंया तथा ६० कित्ता १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

फ्लोरसिट

फ्लोरसिट हेर्दा खरिदतर्फ ब्रोकर न १६, १७ तथा ६ र सर्वाधिक बिक्री गर्ने ब्रोकर न २५, ३ तथा १७ सबैभन्दा बढी कारोबार भएको देखिन्छ । सर्वाधिक उच्च मूल्य भएकाले कम सेयर कारोबार हुने युनिलिभरको ११० कित्ता २० हजार रुपैंया तथा ६० कित्ता १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो

प्राविधिक विश्लेषण

मैनबती आकृति विश्लेषण

मैनबत्ती आकृतिले खरिदकर्ता तथा बिक्रीकर्ताको चापको देखाउँछ । साप्ताहिक रुपमा लङ वडी मैनबत्ति आकृति बनेको छ । जसमा माथिलो भागमा सानो स्याडो देखिन्छ । यसले साताभरी खरिद कर्ता चाप रहेको देखाउँछ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)ले अधिक खरिद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्री (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ । साताको अन्तिम दिन कारोबार बन्द हुँदा आर.एस.आई ३३ दशमलव ७५ बाट ५० दशमलव ९५ स्केल आएको छ । जसले न्युट्रल जोनमा रहेको संकेत गर्दछ । आर.एस.आई रेखा ० देखि १०० स्केलभित्र मुभ हुनेगर्छ । मूलत साइडवेज् रुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा २ वटा रेखा हुन्छन् । जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एम.ए.सी.डी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक र माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिइन्छ ।

युनिलिभर नेपाल लिमिटेडको मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्सबाट हेर्दा अप्रिल महिनाको अन्त्यमा बुलिस क्रस भएको थियो । जसको अहिले निरन्तरता रहेको छ । हिस्टोग्राम सेन्ट्रल लाइनभन्दा माथि छ । यसले कम्पनीको मूल्य बुलिस ट्रेन्डको संकेत गर्दछ ।

कमोडिटि च्यानल इन्डेस्क

गत हप्ता कारोबार बन्दसँगै कमोडिटि च्यानल इन्डेस्क ऋणात्मक १८२ बाट धनात्मक २८ को स्केलमा छ । यसले भने केही समय पर्खन संकेत गर्दछ । सीसीआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केलभन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो । जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शास्त्रको स्ट्यान्डर्ड डेभिएसनको सुत्र प्रयोग भएकाले एक आपसमा निश्चित दुरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । युनिलिभरलाई यस औजारबाट हेर्दा तीन ब्याण्ड समान्तर अर्थात् तीन ओटै ब्याण्ड समान्तर रुपमा खुम्चिएको देखिन्छ । यसले बैंकको मूल्य तत्काल कम उतारचढाव कम हुने जनाउँछ ।

निस्कर्ष

युनिलिभर नेपाल लिमिटेडले वित्तीय विवरण हेर्दा गत आवको चौथो त्रैमास सामान्य मात्र वृद्धि भएको देखिन्छ । कुल आय १७.०६ प्रतिशतले वृद्धि गर्दा कुल खर्च २१ प्रतिशतले बढी रहेकोले कम्पनीको नाफा सामान्य मात्र वृद्धि भएको हो ।

खर्चलाई नियन्त्रण गर्नु प्रमुख चुनौती हो । वित्तीय अनुपातमा प्रतिसेयर आम्दानी ६.७३ प्रतिशत, किताबी मूल्य २२.२१ प्रतिशत वृद्धि देखिन्छ । यो युनिलिभरको राम्रो पाटो हो ।

हाल मूल्यको आधारमा कम्पनी प्रतिशेयर प्रतिफल ५ प्रतिशत हुन्छ जुन औसत मात्र हो । त्यस्तै गत आव कम्पनीले वितरण गरेकोलाई लाभांश निरन्तरता र हाल मूल्यको आधारमा लाभांश प्रतिफल ३.५ प्रतिशत हुन्छ ।

त्यस्तै मूल्य आम्दानी अनुपात १७.३० प्रतिशत छ । उच्च मूल्य भएकाले सानो कित्ताको मात्र कारोबार हुने हुँदा उतारचढाव बढी हुने गर्दछ । यसले प्रतिसेयर प्रतिफल र लाभांश प्रतिफल निरन्तर परिवर्तन हुन्छ ।

प्राविधिक रुपमा २ साता लगातार मूल्य बढेकाले बुलिस ट्रेन्ड देखिन्छ । अहिले युनिलिभर कम्पनीको टेवा १८ हजार ३ सय ४५ रुपैयाँ छ भने अवरोध २१ हजारमा रहेको छ ।

तथ्यांकको आधारमा गरिएको प्राविधिक विश्लेषणमा हुने लगानीको लाभहानीको जिम्मेवार क्लिकमाण्डू हुने छैन


क्लिकमान्डु