विमानस्थलमा श्री र यतिका विमान एकआपसमा ठोक्किए




काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको विमान पार्किङ वेमा निजी कम्पनीका २ विमान कम्पनी ठोक्किएका छन् । श्री एयरलाइन्सले पार्किङ गरिराखिएको यति एयरलाइन्सको विमानलाई छोएको थियो ।

विराटनगरबाट आएको श्री एयरलाइन्सको विमानले पार्किङमा जाँदै गर्दा यतिको विमानसँग ठोक्किएको थियो । विमानमा सामान्य क्षति भएको छ ।

ती जहाजलाई नागरिक उड्ययन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जाँच गरिसकेका छन् ।


क्लिकमान्डु