मुक्तिनाथ विकास बैंकको नयाँ व्याजदर, कुनमा कति ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि नै लागु हुनेगरी निक्षेप र कर्जामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार अब बैंकले मुद्दति निक्षेपमा ९ देखि १० प्रतिशत व्याज निक्षेपकर्ताले पाउनेछन् । बैंकले व्यक्तिगत र संस्थागततर्फ ३ देखि ५ वर्षसम्म १० प्रतिशत व्याजदर तोकेको छ । मुद्दति खातामा ग्राहकको न्युनतम ५ हजार रुपैयाँसम्म हुनुपर्नेछ ।

साथै बैंकको पेन्सन स्मिकमा १० प्रतिशत र रिक्वारिङ डिपोजिटमा ९ देखि १० प्रतिशतसम्म व्याजदर तोकिएको छ । साथै, बैंकले हाल २३ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । ती बचत खातामा बैंकले १.५ प्रतिशत देखि ७ प्रतिशतसम्म व्याजदर तोकेको छ ।

बैंकको असोज मसान्तसम्मको आधारदर ११.०५९७ प्रतिशत छ । बैंकले हाल १६ प्रकारका कर्जा वितरण गरिरहेको छ । जसमा बैंकले न्युनतम १४.०५ प्रपतशत देखि अधिकतम १६.०५ प्रतिशत व्याज निर्धारण गरेको छ ।

बैंक सबैभन्दा धेरै कर्जाको ब्याजदर व्यक्तिगत कर्जा, रिटेल कर्जा, हायर पर्चेज कर्जा र होम लोनमा १६.०५ प्रतिशत तोकिएको छ ।


क्लिकमान्डु