३३ करोड २० लाख रुपैयाँले घट्यो नेपाल बैंकको नाफा, सबै वित्तीय सुचक नकारात्मक



काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास ३३ करोड २० लाख रुपैयाँले नाफा घटाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ३८ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल बैंकले चालु आर्थिक बर्षको सोही अवधिमा ५८ करोड १८ लाख २३ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । बैंकको विरण योग्य नाफा भने ६ करोड ५६ लाख ६५ हजार रुपैयाा रहेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको निक्षेप संकलन पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा २ अर्ब ४० करोड २५ लाख ६७ हजार रुपैयाँले निक्षेप संकलन घटाई १ खर्ब १४ अर्ब ७९ करोड ८२ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब १७ अर्ब ७ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

यस्तै, बैकले ९२ अर्ब ६५ करोड ९२ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९२ अर्ब ४१ करोड ४० लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ३२ करोड ८२ लाख ६२ हजार खुद ब्याज आम्दानी गरेको छ । बैंकको सो व्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड १७ लाख ३६ हजार रुपैयाँ कम हो । बैंकले गत आर्थिक वर्षको सोही वअधिमा १ अर्ब ३६ करोड ९९ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

सो अवधिमा बैंकको खराब कर्जा २.७५ प्रतिशत, आधार ब्याजदर ७.८४ प्रतिशत, कोषको लागत ५.२२ प्रतिशत, सिसिडी रेसियो ६८.६३ प्रतिशत र स्प्रेडदर ४.४७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु