सनराइज बैंक तीन महिनामा कमायो ४५ करोड ४३ लाख ६७ रुपैयाँ



काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १२ करोड २८ लाख ७२ हजार रुपैयाँ बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७५÷७६ को पहिलो ३ महिनामा बैंकको नाफा ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

बैंकले सावैजनिक गरेको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले ७७ अर्ब ८९ करोड ४६ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप संकलन ७५ अर्ब ४३ करोड २१ लाख रुपैयाँ थियो भने कर्जा लगानी ६८ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ रहेको थियो । बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्ष भने २ अर्ब ४६ करोड २५ लाख रुपैयाँले निक्षेप संकलनमा वृद्धि गर्दा ३ अर्ब ६८ करोड ६० लाख रुपैयाँले कर्जा लगानी बढाएको हो ।

सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ छ भने खुद व्याज आम्दानी १ अर्ब १० करोड ५ लाख १४ हजार रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षका सोही अवधीमा ८२ करोड १८ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको खराब कर्जा १.२७ प्रतिशत, आधार ब्याजदर ९.९७ प्रतिशत, कोषको लागत ७.१२ प्रतिशत, सिसिडी रेसियो ७८.०६ प्रतिशत र स्प्रेड रेट ४.५० प्रतिशत रहेको छ ।


क्लिकमान्डु