क्युएफएक्स सिनेमाजको नयाँ मल्टिप्लेक्स भक्तपुरको भाटभटेनीमा



काठमाडौं । नेपालको सिनेमा चेन क्युएफएक्स सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा सञ्चालन गरेको छ । रिगल सिनेमाज् प्रा. लि. को लगानी रहेको यस हलमा टीम क्वेस्टको व्यवस्थापन रहनेछ ।

नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ । थिएटरमा डेप्थ क्वी थ्रीडि टेक्नोलोजी को प्रयोग गरिएको छ ।

नयाँ मल्टिप्लेक्स जम्मा ७०२ सिट क्षमता रहेको छ जसमध्ये ४० वटा रिक्लाइनर सिट रहेका छन् ।

यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स संचालन संगै क्युएफएक्स सिनेमाजको जम्मा स्क्रिन संख्या २३ पुगेको छ । रिगल सिनेमाज् प्रा. लि. ले नेपालका दुई अरु लोकेशनहरुमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ जसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु र विराटनगरको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु पनि तुरुन्तै संचालनमा आउनेछन् ।


क्लिकमान्डु