नेपाल क्लियरिङ हाउस ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित हुने




काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस साफा वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट बाट सम्मानित हुने भएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साउथ एशियन फेडरेसन या अकाउन्टेन्टस् (साफा) समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । साफाले सो अवार्ड ढाका,बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण कार्यक्रम रहेको छ ।

यस अघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले आईक्यानद्वारा संचालित विपिए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो । त्यसपश्चात सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि साफामा पठाएको थियो ।


क्लिकमान्डु