नयाँ नेपाल लघुवित्तले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिँदै

क्लिकमान्डु २०७६ कार्तिक २० गते १२:४५ मा प्रकाशित

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

संस्थाको २५९औं सञ्चालक समितिको बैंठकले गत वर्षको संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १ करोड ६८ लाख बोनस सेयर र ८ लाख ८४ हजार २१० रुपैयाँ नगद लाभांश हो ।

संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स