किया सेल्टोसको धमाका, ७० दिनमा २६,८४० थान गाडी बिक्रि




काठमाडौं । किया मोटर्सद्धारा उत्पादित सेल्टोस गाडीमा गाडी प्रयोगकर्ताहरु झुम्मिएका छन् । एसयुभि भेरियन्टकाे  यो गाडीकाे भारतमा अत्याधिक माग बढेको छ ।

कम्पनीले जनाएअनुसार यो मोडलको गाडी कम्पनीका लागि ब्लकबस्टर बनेको छ । सन् २०१९ को अगस्ट २२ मा सार्वजनिक भएको यो गाडी ७० दिनमा २६ हजार ८ सय ४० थान गाडी विक्रि भएको छ ।

एसयुभी कम्प्याक्ट सेग्मेन्टमा उत्पादित पुराना र नयाँ कम्पनीका गाडीहरुबीचको प्रतिस्पर्धामा किया मोटर्सले पछिल्लो समय आफुलाई अब्बल देखाएको छ ।


क्लिकमान्डु