महिन्द्रा एक्सयुभि–३०० गाडी धमाधम कम्पनीमा फिर्ता, यस्तो छ कारण




काठमाडौं । महिन्द्रा  कम्पनीले भारतमा एक्सयुभि–३०० मोडलको गाडी धमाधम फिर्ता बोलाएको छ । कम्पनीले सिमित ब्याचका उक्त मोडलका गाडीहरु फिर्ता बोलाएको हो ।

सस्पेन्सन कम्पोनेन्ट्समा समस्या देखिएकोले त्यसलाई बदल्न गाडी फिर्ता बोलाइएको कम्पनीले जनाएको छ । गाडीमा देखिएको समस्याका कारण कम्पनीद्धारा सन् २०१९ को मे सम्म उत्पादित उक्त मोडलका गाडीहरु प्रभावित हुनेछन् ।

उक्त पार्टपुर्जा परिवर्तन सबै ग्राहकहरुलाई निःशुल्क गरिदिने समेत कम्पनीले स्पष्ट पारेको छ ।


क्लिकमान्डु