डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न गठित समिति सुरुदेखि नै एक्सनमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर शिवराज श्रेष्ठ पदबाट निलम्बनमा परेका छन् ।
श्रेष्ठमाथि निकै नै गम्भिर आरोप लागेको छ । राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।
जसको सदस्यमा संचालकहरु रामजी रेग्मी र सुवोध कर्ण छन् । छानबिन समितिको पहिलो बैठक आज २ बजे बस्ने भएको छ ।
संचालक समितिको बैठकमा एक पेजको श्रेष्ठमाथि लागेको आरोपमात्र उल्लेख छ । जसमा श्रेष्ठमाथि छानबिन गर्न सरकारले पठाएको पत्र छ ।
श्रेष्ठले कस्ता गल्ती गरेका छन् त्यसको विस्तृत विवरण छैन । समितिले सरकारसँग विस्तृत विवरणको लागि पत्राचार गर्ने छ ।
समितिले आरोपी श्रेष्ठसँग लिखित तथा मौखिक बयान समेत लिने छ ।