४ संस्थालाई राष्ट्र बैंकले दियो मर्जरको स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ४ वटा संस्थालाई मर्जरको सहमति दिएको छ । राष्ट्र बैंकका आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले २ वटालाई मर्जरको अन्तिम स्वीकृति र २ वटालाई सैद्दान्तिक सहमति दिएको हो ।

‘तिनाउ डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमन्ट बैंकलाई आपसमा मर्ज हुन अन्तिम स्वीकृति दिइएको छ भने मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सैद्दान्तिक सहमति दिइएको छ,’ एक सञ्चालकले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल