वायू प्रदुषणले दिल्लीमा हवाई उडान प्रभावित, डाइभर्ट भए विमान, बन्द भए स्कुल



भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदुषण हुँदा हवाई उडान प्रभावित भएको छ ।

आइतबार दिल्लीमा ३७ वटा उडान ‘लो भिजिविलिटी’का कारण अवतरण हुन सकेनन् । भने ती सबै विमानलाई अन्तत्रै डाइभर्ट गरिएको छ ।

विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म ३७ वटा विमान दिल्लीभन्दा अन्यत्र जयपुर, अमृतसर, लखनउ र मुम्बईका विमानस्थलमा डाइभर्ट भएका छन् । दिउँसो १ बजेपछि भिजिविलिटी राम्रो भएसँगै केही विमानहरु भने अवतरण हुन सुरु गरेका छन् ।

एयरलाइन्स कम्पनी एयर इन्डियाले मात्रै आफ्ना १२ वटा उडान डाइभर्ट गरेको जानकारी दिउको छ भने भिस्तारा एयरलाइन्सले ५ वटा उडान डाइभर्ट गरेको जनाएको छ ।

दिल्लीमा भएको वायू प्रदुषणको प्रभाव नेपालमा पनि देखिएको छ । लुम्बिनी र नेपालगञ्जमा समेत दिल्लीको वायू प्रदुषणको असर देखिएको छ ।

दिल्लीमा अत्यधिक वायू प्रदुशषण भएसँगै नोभेम्बर ५ सम्मका लागि त्यहाँका सबै विद्यालय बन्द गरिएको छ ।

दिल्लीमा एयर क्वालिटी इन्डेक्स ५८२ सम्म पुगेको थियो । शनिबार रातिदेखि अत्यधिक रुपमा बढेको वायु प्रदुषण आइतबार दिउँसो १ बजेसम्म हट्न सकेको थिएन् । जसका कारण हवाई उडान प्रभावित भएका थिए ।

वायू प्रदुषण बढेसँगै त्यहाँको सरकारले ट्रक प्रवेशमा रोक लगाएको छ भने पूर्वाधार निर्माण प्रक्रियामा समेत रोक लगाइसकेको छ ।

वायू प्रदुषण बढेपछि बाहिर निस्कन समेत निकै गाह्रो भएको छ भने मानिसहरु मर्निङ वाकमा समेत निस्किएका छैनन् । वायू प्रदुषणले घाँटीको समस्या निम्त्याउने भन्दै विज्ञहरुले सचेत गराएका छन् ।

 


क्लिकमान्डु