टाट पल्टेको अनिल अम्बानीको कम्पनीको सेयर मूल्य एक हजार प्रतिशतले बढ्यो



व्यवसायमा टाट पल्टेका भारतीय व्यवसायी अनिल अम्बानीको कम्पनीको सेयर मूल्य ११ सातामा एक हजार प्रतिशतले बढेको छ ।

रमाइलो के छ भने कम्पनीसँग ९० अर्ब भारु भन्दा बढी ऋण रहेको छ । अनिल अम्बानीको कम्पनी रिलायन्स नेवल एण्ड इन्जिनियरिङको सेयर ११ हप्तामा एक हजार प्रतिशतले बढेको छ ।
कम्पनी लगातार घाटामा रहेको छ । भारतीय सेयर बजारका विश्लेषकहरु यस्तो सेयर लगानीबाट बाहिर हुनुपर्ने बताए ।

११ हप्तामा कम्पनीको सेयर मूल्य एक हजार प्रतिशतले बढेको छ । ११ सेक्टेम्बर २०१९ मा कम्पनीको सेयर मूल्य ०.७० रुपैयाँ थियो । अहिले ७ रुपैयाँ २५ पैसा रहेको छ ।
गतवर्ष कम्पनीको आम्दानी ४ अर्ब १३ करोड रुपैयाँले घटेर १ अर्ब ८४ करोडमा आएको थियो । घाटा भने कम्पनीको एक खर्ब भारुभन्दा बढी थियो । कम्पनी वित्तीय रुपमा संकटमा छ । डिफेन्सको क्षेत्रमा कार्यरत कम्पनी ९० अर्ब भारुभन्दा बढी ऋण छ । ऐजेन्सी


क्लिकमान्डु