एनसेलले ल्यायो ‘रिचार्जमा चमत्कार’ योजना, हरेक साता २ लाख, हरेक महिना १० लाख जित्ने अवसर



काठमाडौं । एनसेलले नयाँ योजना ‘रिचार्जमा चमत्कार’को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत् ५ जना भाग्यशाली कोडको घोषणा गरेको छ ।

यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही २ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

आफ्नो कष्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकलाई एनसेलले शुक्रबार मंसिर १३ गतेभित्र पुरस्कार रकम हस्तान्तरण गर्ने एनसेलले जानकारी दिएको छ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् ।

आइतबारदेखि शनिबारको साप्ताहिकचक्रमा यो योजनामा सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले रु १०० वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत् प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले ३ वटा विषेश कोड नम्बर प्राप्त गर्दछन् । त्यसैगरी ग्राहकले ५०० रुपैयाँको रिचार्ज गरेमा ५ वटा विषेश कोडहरु प्राप्त गर्नेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नपर्ने हुन्छ । एनसेलले आफ्ना ग्राहकका लागि कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ ।

यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत् ५ भाग्यशाली ग्राहकको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबारभित्र अघिल्लो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।


क्लिकमान्डु