बलात्कार गरेको आरोपमा मेडिसिटीका डाक्टर रोहित झा पक्राउ



काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा डा. रोहितकुमार झा पक्राउ परेका छन् । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा कार्यरत डाक्टर झालाई उपचार गर्न आएकी युवतीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

धनुषा घर भएका डाक्टर झालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ।

ती युवतीले बलात्कारको प्रयास गरेको उजुरी दिएपछि झालाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरले पक्राउ गरेको हो ।


क्लिकमान्डु