एयर न्युजिल्याण्ड बन्यो सन् २०२० का लागि विश्वकै उत्कृष्ट एयरलाइन




काठमाडौं । एयर न्युजिल्याण्ड सन् २०२० का लागि विश्वकै उत्कृष्ट एयरलाइन बनेको छ । भर्खरै सार्वजनिक भएकाे सर्वेक्षण अनुसार एयर न्युजिल्याण्ड वर्ल्ड बेस्ट एयरलाइन फर २०२० बन्न सफल भएको हो ।

एयरलाइनरेटिङस् डट कमले गरेको सर्वेक्षणमा उक्त एयरलाइन्स विश्वकै उत्कृष्ट एयरलाइन बनेको हो । एयरलाइनरेटिङसले सुरक्षा, सरकारी अडिट लगायत १२ वटा पक्षलाई मध्यनजर गरी उक्त सर्वेक्षण गर्दछ । उक्त १२ वटा पक्षमा फ्लीट एज, प्यासेन्जर रिभ्यू, फाइदा, इन्भेष्टमेन्ट रेटिङ, प्रोडक्ट अपरिङ, स्टाफ रिसेसन लगायत पर्दछन ।

एयर न्यूजिल्याण्डले यो शिर्षक जितेको यो छैठौं पटक हो ।


क्लिकमान्डु