बुध्द एयरले बिराटनगर र भद्रपुरबाट पोखरामा प्रादेशिक उडान गर्ने



काठमाडौं । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै बुध्य एयरले बिराटनगर र भद्रपुरबाट पोखरामा प्रादेशिक उडान गर्ने भएको छ ।

बुध्द एयरका प्रबन्ध निर्देशन वीरेन्द्रबहादुर बस्नेतले प्रादेशिक गर्न लागेको जानकारी दिए । ‘बिराटनगर र भद्रपुरबाट दैनिक ३० जना यात्रुहरु पोखरा जान्छन, सुरुमा काठमाडौंमा ट्रान्टिज बनाएर उडान सुरु गर्छौ,’ बस्नेतले भने ।

उनका अनुसार डिसेम्बर १ देखि प्रादेशिक उडान सुरु हुनेछ । उडान सफल भएपछि बिराटनगर र भद्रपुरबाट पोखरा सिधा उडान गरिनेछ ।

हाल काठमाडौंबाट पोखरा १० वटा उडान, बिराटनगरमा ८ वटा र भद्रपुरमा ३ वटा उडान हुँदै आएको छ । बस्नेतका अनुसार काठमाडौं ट्रान्जिट हुँदा सम्पूर्ण खर्च एयरलाइन्सले बेहोर्नेछ ।

काठमाडौं विमानस्थलको शुल्क, लगेजको व्यवस्थापन र केही गरी पोखरा जान नसक्ने अवस्था भएमा खान र बस्नको समेत व्यवस्था बुध्य एयरले गर्ने बस्नेतले जानकारी दिए ।

प्रादेशिक उडान आन्तरिक पर्यटनमा प्रबद्र्धन हुनुका साथै भारतीय तथा विदेशी पर्यटकलाई समेत लोभ्याउने बस्नेतको विश्वास छ ।


क्लिकमान्डु