‘साउदी आरामको’को अहिलेसम्मकै ठूलो आईपीओ, नेपालीले किन्न पाउँछन कि पाउँदैनन् ?



साउदी अरबको स्वामित्व रहेको सबैभन्दा ठूलो कम्पनी साउदी अरामकोले विश्व बजारमा आईपीओ जारी गरेको छ ।

निकै महत्वका साथै हेरिएको कम्पनीको आईपीओ अहिलेसम्मकै ठूलो हो । यसअघि इ–कमर्स प्लेटफर्म कम्पनी चीनको अलिबाबाले ल्याएको थियो । अलिबाबाले सन् २०१४ मा २५ बिलियन डलरको आईपीओ ल्याएको थियो ।

आरामको विश्वको सबैभन्दा धेरै नाफा कमाउने कम्पनी हो । कम्पनीले सन् २०१८ मा १११ बिलियन डलर नाफा कमाएको थियो ।

कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसको बजार मूल्य २ ट्रिलियन डलरको हुने अनुमान गरिएको छ ।

अहिले कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ८ अमेरिकी डलर अर्थात ३०/३२ रियालको अनुमान गरिएको छ । तर सेयरको मूल्य डिसेम्बर ५ पछि मात्रै थाहा हुनेछ ।
कम्पनीले अमेरिका, क्यानडा, जापान र अष्ट्रेलियामा भने आईपीओ खुलाएको छैन ।

कम्पनीको आईपीओमा स्थानीय लगानीकर्ताले नोभेम्बर २८ सम्म आवेदन दिन पाउनेछन भने संस्थागत लगानीकर्ताले डिसेम्बर ४ सम्ममा आवेदन दिन पाउनेछन् । साउदी अरामकोले १.५ प्रतिशत स्वामित्व बिक्रीका लागि आईपीओ जारी गर्न लागेको हो ।

त्यसपछि यो कम्पनी विश्वको सबैभन्दा ठूलो कम्पनी बन्नेछ । अहिलेसम्म सेयर बजारमा सूचिकृत नभएकाले यो कम्पनी कति ठूलो छ भन्ने यकिन तथ्यांक छैन ।
आईपीओ जारी भएपछि विश्वका ठूला भनिने कम्पनीहरु एप्पल, वर्कसायर, फेसबुकभन्दा ठूलो हुनेछ ।

नेपालीहरुले पाउँछन कि पाउँदैनन् ?

विश्वमा अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको आईपीओमा भने नेपालीहरुले लगानी गर्न पाउने छैनन् ।
नेपालीहरुले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐनको कारण सो आइपिओमा लगानी गर्न पाउने छैनन् । तर गैर आवासीय नेपालीहरुले भने आवेदन दिन पाउनेछन् ।

केही ठूला सेयरका लगानीकर्ताले भने गैर आवासीय नेपालीहरुको सहयोगमा अरामकोको सेयर खरिद गर्ने तयारी भने गरेका छन् । कानूनले प्रतिबन्ध लगाएपनि घुमाउरो बाटो प्रयोग गरेर विदेशमा लगानी हुने गरेको छ ।


क्लिकमान्डु