पोखरा विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियो स्वीकृति



काठमाडौं । आगामी २ वर्षभित्र सञ्चालन गर्ने लक्ष्य लिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ ।

सन् २०२२ सम्म सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका लागि अझै ५८४.६४१ रोपनी जग्गा र ६३ वटा घरघटरा अधिग्रहण गर्नुपर्ने हुन्छ ।

मन्त्रिपरिषदको बैठकले कुल अघिग्रहण गर्नुपर्नेमध्ये प्रथम चरणमा १४७.६९ रोपनी जग्गा र १६ वटा घरटहरा अधिग्रहण गर्नका लागि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २ वर्षभित्र पोखरा विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइसकेका छन् ।


क्लिकमान्डु