बुकिङ क्यान्सिल गर्ने दर्जनौं राइडरलाई पठाओले कारबाही गर्यो



काठमाडौं । पठाओका सेयर राइडरले उपभोक्ताले गरेको बुकिङ क्यान्सिल गरे कारबाही गरिने भएको छ ।

पठाओमा बुकिङ गर्ने तर राइडरले कमिसनको लोभमा बुकिङ क्यालन्सिल गरेर सेवा दिँदै आएको उजुरी बढेपछि पठाओले छड्के जाँच गरेको थियो ।

पठाओका नेपाल प्रमुख असिममान सिंह  बस्न्यातले अघिल्लो सोमबार मात्रै १०० जनालाई कारबाही गरिएको बताए ।

‘उजुरी बढेपछि हामीले एकदिन छड्के जाँच गर्यौ, जसमा १०० भन्दा बढी राइडरलाई सोही दिन नै कारबाही पनि गर्यौ’ बस्न्यातले क्लिकमाण्डूसँग भने ।

बस्न्यातले कहिले राइडरले त कहिले उपभोक्ताबाटै बुकिङ क्यान्सिल गरेको पाइयो । यसले हामीलाई उपभोक्ता कहाँ पुगेको छ ? भन्ने ट्रयाकिङ गर्न सकेनौं साथै कुनै दुर्घटना भयो वा केही भइहाल्यो भने पनि हामीसँग जानकारी नहुने भयो ।

त्यसैले पठाओबाट सेवा अवधिमा बुकिङ क्यान्सिल नगर्न अनुरोध समेत गरे ।

‘उपभोक्ता त जोखिममा छन् नै साथै राज्यलाई बुझाउनुपर्ने राजस्व समेत गुम्ने भएकाले यो ठीक छैन,’ उनले भने, ‘बुकिङ क्यान्सिल गर्नेलाई १३ प्रतिशत भ्याट जोडेर जरिवाना गराइरहेका छौं ।’


पुष्प दुलाल