वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँछु : श्रममन्त्री यादव



काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज अपराह्न मन्त्रालय पुगेर पदबहाली गरेका छन्र ।

आज बिहान पद तथा गोपनीयताको शपथ लिएर अपराह्नमात्र मन्त्रालय पुग्नुभएका उहाँलाई सचिव विनोद केसीलगायत कर्मचारीले स्वागत गरेका थिए । पदबहालीलगत्तै मन्त्री यादवले एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानून मन्त्रालयको राय लिनेसम्बन्धी निर्णय सदर गरे ।

सो क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफू केन्द्रित हुने बताए । अदक्ष कामदार वैदेशिक रोजगारीमा जाँदा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेका आफूले नजिकबाट नियालेको उल्लेख गर्दै उनले सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरिने बताए ।


क्लिकमान्डु