आयात प्रतिस्थापनका उद्योग विकास र प्रवर्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट



काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्योगको विकास र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण हुने बताए ।

जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रुपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उनले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशनदिए । राष्ट्रिय गौरबका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उनको भनाई थियो ।

सोही मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गरी आयात कम गरी व्यापार घाटा कम गर्नुपर्नेविचार व्यक्त गरे ।


क्लिकमान्डु