प्रधानमन्त्रीकै शैलीमा उत्रिए पर्यटनमन्त्री भट्टराई, काम नगर्ने कर्मचारीलाई भने- राजीनामा देऊ



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराई आक्रमक देखिएका छन् ।

बुधबार बिहान नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बसेको मन्त्रालयको नियमित बैठकमा मातहतका विभागको कामप्रति कडा टिप्पणी गरे ।

उनले प्रत्येक कार्यालय प्रमुखलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए । लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए कार्यालय प्रमुखहरु परिवर्तन गर्ने चेतावनी दिए ।

‘काम भएन भने परिर्वतन गरिनेछ, परिवर्तन हुनेले मन नदुुखाउनुहोला’, उनले भने ।

राजनीतिक नियुक्ती लिएर बिभिन्न पदमा रहेर सन्तोषजनक काम नगरेकालाई तत्काल बाटो खाली गर्न निर्देशन दिएका थिए । उनले कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला, बरु अहिले नै काम गर्नुहोस् ।

उनले राम्रो काम गर्ने कर्मचारीलाई भने प्रोत्साहन गरिने बताए । प्रोत्साहन स्वरुप उपलब्ध गराउनुपर्ने थप सुबिधा दिने समेत उनले जानकारी दिए ।

मन्त्री भट्टराईले भ्रमण वर्ष सफल बनाउन लागि मन्त्रालय मातहतका कार्यालयले के–के गर्ने ? त्यो कार्ययोजना आगमी २०७६ मंसिर ११-१२ मा प्रस्तुत गर्न निर्देशन र्दिए ।

उनले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश भ्रमणमा समेत रोक लगाइने बताए ।


क्लिकमान्डु