बाजेको सेकुवा अब भक्तपुरको गठ्ठाघरमा



काठमाडौं । ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरबाट शाखा सञ्चालनमा ल्याएको छ । बाजेको सेकुवाको भक्तपुरमा यो पहिलो शाखा हो ।

बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेण्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्राञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चरले गर्दै आएको छ । यो कम्पनीले कुनै पनि सहरमा रेस्टुरेण्ट सञ्चालनमा ल्याउनु अघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्राञ्चाइज विस्तारलाई प्राथमिकतामा पार्ने जनाएको छ ।

मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्षित गरी बाजेको भेन्चरले फ्राञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अगाडी बढाएको जनाएको छ । नेपालगन्ज, वीरगन्ज, धनगढी, हेटौंडा र नेपाल बाहिर अमेरिकामा थप केही, अस्ट्रेलिया, जापान र बेलायतमा आगामी केही वर्ष भित्र रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य रहेको कम्पनीले जानकारी गराएको छ ।

विगत ३ महिनाको अन्तरालमा बाजेको सेकुवाको नयाँ फ्राञ्चाइजहरु ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा सञ्चालनमा आए लगत्तै भक्तपुरको गठ्ठाघरमा पनि सञ्चालनमा आएको छ ।
उपत्यका बाहिर पोखरा, चितवन र बुटवलमा फ्रान्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा ‘द हिमालयन ग्रिल’ का रुपमा फ्राञ्चाइज सञ्चालनमा छ ।
दक्ष युवाहरुलाई उद्यमी बन्न प्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्य राखेको कमपनीले गठ्ठाघर स्थित बाजेको सेकुवाको फ्राञ्चाइज अमित दाहाल, प्रशान्त गीरी, पविन थापा लगायतलाई दिएको हो । उक्त फ्राञ्चाइजमा प्रत्यक्ष रुपमा २५ जनाले रोजगारी पाएका छन् ।

काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशक अघि सुरु भएको बाजेको सेकुवा रेस्टुरेण्ट अन्तर्गत अहिले उत्यकाबाहिर ३ ओटा, उपत्यका भित्र ९ ओटा र अमेरिकामा २ ओटा गरी हाल १४ ओटा आउटलेटहरु सञ्चालनमा छन् । ती मध्ये अनामनगर, स्रोहखुट्टे, गैरीधारा र बत्तीसपुतलीमा सबै लगानी कम्पनीका प्रवद्र्धकको छ भने बाँकी सबै फ्रान्चाइज हुन ।


क्लिकमान्डु