एशियन लाइफको भ्यालुएसन नमिलेपछि बीमा समितिको एक्चुरीले प्रश्न उठायो, स्वीकृत भएन वित्तीय रिपोर्ट



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको अघिल्लो आर्थिक वर्ष २०७४/७५ को वित्तीय प्रतिवेदन अझै स्वीकृत हुन सकेको छैन ।

अधिकांश बीमा कम्पनीको वित्तीय प्रतिवेदन स्वीकृत गरिसकेको बीमा समितिले एशियन लाइफको प्रतिवेदनमा भने भ्यालुएसन नमिलेको भन्दै प्रश्न उठाएको हो ।

‘एशियन लाइफ इन्स्योरेन्सको भ्यालुएसन नमिलेको देखिएपछि हाम्रो एक्चुरीले प्रश्न उठाएको छ,’ बीमा समिति स्रोतले भन्यो, ‘हाम्रो एक्चुरीको प्रश्नको प्रष्ट जवाफ आएपछि र भ्यालुएसन मिलेपछि मात्रै उसको वित्तीय विवरण स्वीकृत हुनेछ ।’


पुष्प दुलाल