नयाँ मन्त्रीको सपथ आज दिउँदो ४ बजे



काठमाडौं । नेकपा सचिवालयले गर्ने निर्णयका आधारमा नवनियुक्त मन्त्रीहरुका सपथ बुधबार ४ बजे हुने भएको छ ।

मन्त्रीमण्डल पुनर्गठनका विषयमा छलफल गर्न राष्ट्रपति कार्यालय शितलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरी सपथग्रहणको समय तय गरेका छन् ।

राष्ट्रपतिसँगको भेट लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक शुरु भएको छ । बैठकले केही मन्त्रीलाई फिर्ता बोलाई उक्त मन्त्रालयमा नयाँ मन्त्रि पठाउने निर्णय गर्ने छ । सचिवालयको निर्णयअनुसार प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गर्नेछन् ।


पुष्प दुलाल