ग्लोबल आइएमई बैंकको २५.५ प्रतिशत लाभांश पारित




काठमाडौं । ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आ.व.२०७५÷७६ मा आफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्व ७६ करोड रुपैयाँ पुग्नेछ ।

साथै, साधारण सभाले जनता बैंक नेपाललाई ग्लोबल आइएमई बैंकमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैकको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ ।

साधारण सभाले बैंकको अधिकृत पूँजी रु.१६ अर्बलाई बृद्धि गरी रु.२५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।


क्लिकमान्डु