विदेश जाँदा ‘टु वे’ टिकट अनिवार्य, कुन देश जान के-के चाहिन्छ ?



काठमाडौं । सरकारले विदेश जानेहरुका लागि आवश्यक कागजपत्रहरुको सूची तयार पारेको छ ।

अध्यागमन विभागका अनुसार विद्यार्थी भिसा, भिजिट भिसा र कामदार भिसामा जानका लागि आवश्यक कागजपत्रको सूची तयार पारेको हो । साथै, देश अनुसार आवश्यक कागजपत्रको सूची पनि तयार पारिएको छ ।

विभागका अनुसार सरकारले तोकेको कागजपत्र विमानस्थलको अध्यागमन कार्यालयमा अनिवार्य पेश गर्नुपर्छ ।

विभागका अनुसार विद्यार्थी भिसामा अध्ययन गर्न, भाषा पढ्न तथा इन्टर्नसिपका लागि जानेका लागि पासपोर्ट, भिजा, अन्तिम गन्तव्यसम्मका लागि बोर्डिङ पास, एड्मिसन तथा अफर लेटर, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्वविद्यालयको सहमति पत्र र बास खर्चका लागि व्यवस्थापन वा बसोबास कहाँ, के, कसरी हुने हो सो खुलेको कागजात चाहिन्छ ।

त्यस्तै, तालिममा जानेहरुको हकमा पासपोर्ट, भिसा, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटर तथा १००० अमेरिकी डलर बराबरको रकम र होटलको रिजर्भेसन, निमन्त्रणा पत्र, संस्थाको परिचय पत्र आवश्यक हुन्छ ।

साथै श्रम भिसामा जानेहरुका हकमा पासपोर्ट, भिसा, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, श्रम स्वीकृतिको म्याद कम्तीमा ९० दिनको हुनुपर्ने छ । त्यस्तै, युरोपिनय देशको हकमा एयू–पेयर भिसाको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन ।

कुन देश जान के कागजपत्र चाहिन्छ ?


क्लिकमान्डु