निशानका करिब ४ लाख गाडी फिर्ता, यस्ताे छ कारण




काठमाडौं । ब्रेक सिस्टममा समस्या देखिएपछि जापानको गाडी निर्माता कम्पनी निशानले अ‍ेमेरिकामा ३ लाख ९४ हजार २५ वटा गाडी फिर्ता बोलाएको छ ।

बे्रेक फ्लुड लिक भएको र त्यसले आगलागी समेत निम्ताउन सक्ने भन्दै कम्पनीले गाडी फिर्ता बोलाएको हो । गाडीले दिने वार्निङ बेवास्ता गरी गाडी निरन्तर चलाएमा ब्रेकबाट चुहिने फ्लुडले इलेक्ट्रिकल सट भई आगलागि हुने सक्ने बताइएको छ ।

यसरी फिता हुने गाडी मोडलहरुमा म्याक्सिमा सेडान, इन्फिनिटी क्वीएक्स ६० लक्जरी क्रसओभर, मुरानो एसयुभि र पाथफाइन्डर एसयुभि रहेका छन् ।

ब्रेक सिस्टममा देखिएको समस्याले अहिलेसम्म कुनै गाडीमा आगोलागि भएको वा नभएको बारे भने केहि खुलाइएको छैन् । यो समस्या सल्टाउन काम शुरु भइसकेको र केहि समयभित्र कम्पनीले ग्राहकलाई सम्पर्क गर्ने जनाएको छ ।


क्लिकमान्डु