२३ वर्षपछि नेपाल बैंकका सेयरधनीलाई बम्पर उपहार, २५ प्रतिशत लाभांशको घोषणा



काठमाडौं । सरकारी लगानीको नेपाल बैंकले २३ वर्षपछि सेयरधनीलाई बम्पर उपहारको घोषणा गरेको छ । बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनश सेयर र १० प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांशको घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिले घोषणा गरेको यो लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आफ्नै साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।

गत आर्थिक वर्ष बैंकले २ अर्ब ६१ करोड १९ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । सोही नाफाबाट लगानीकर्तालाई लाभांशको घोषणा गरेको हो ।


पुष्प दुलाल