अर्घाखाँची सिमेन्टद्धारा टिभीसी अवधारणा प्रतियोगिता सार्वजनिक



काठमाडौं। देशकै उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्शियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ ।

कम्पनीले टेलिभिजन च्यानलमा बजाउनको लागि सर्वसाधारणबाट आवश्यक कमर्सियलको लागि अवधारणा हासिल गर्ने लक्ष्य राखी यस प्रतियोगिताको आयोजना गरेको छ ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक सर्वसाधारणा महानुभावहरुले आ–आफ्नो नविन, रोचक तथा मौलिक अवधारणा कम्पनीको इमेल [email protected] मा पठाउनुपर्नेछ । यसरी पठाइएको अवधारणामध्ये उत्कृष्ट एक अवधारणा पठाउनुहुने सर्जकलाई रु ५०,००० बराबारको नगद पुरष्कारद्धारा सम्मान गरिने कम्पनीले जनाएको छ ।

इच्छुक सर्वसाधारणा सर्जकहरुले यही मंसिर १५ गतेभित्र अवधारणा पठाइसक्नुपर्ने कम्पनीले जनाएकोछ । तथापि, यस प्रतियोगीतामा रचनात्मक क्षेत्रमा काम गर्ने कम्पनी, विज्ञापन एजेन्सी वा नेपाल सरकारमा दर्ता भएका कुनै पनि संघसंस्थालाई समावेश नगरी मात्र आम सर्वसाधारणलाई सहभागी गराइनेछ ।

“सर्वसाधारण नागरीक, आमउपभोक्ता एवं साहित्यश्रृजना तथा रचनात्मक क्षेत्रमा काम गरिरहनुभएका सर्जकहरुस“ग सहकार्य गरी उहा“हरुको रचनालाई सम्मान गर्ने उदेश्यका साथ यस प्रतियोगीताको आयोजना गरिएको हो,’ कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने ।

प्रतियोगीतामा सहभागी हुन इच्छुकहरुले अवधारणा पठाउँदा निम्न शर्त तथा बन्देजहरुको अधिनमा रहनुपर्ने कम्पनीले जनाएकोछ ।

१) सबैभन्दा पहिले अर्घाखाँची सिमेन्टको आधिकारीक फेसबुक पेज https://www.facebook.com/Arghakhanchi-Cement-Pvt-Ltd-669894399789589 लाइक र फलो गरी [email protected] मा आफ्नो अवधारणा पठाउनुपर्नेछ । यसरी अवधारणा पठाउने ब्यक्तिले इमेलमा आºनो नाम, ठेगाना, मोबाइल नम्बर तथा नागरिकता, राहदानी वा अन्य कुनै परिचयपत्रको छायाँप्रति स्पष्टसँग संलग्न गराउनुपर्नेछ ।

२) पठाइने अवधारणा कहिँकतैको कुनै पनि टिभीसीसँग कुनै पनि किसिमले मिलेको पाइएमा सो अवधारणा स्वत निलम्बित हुनेछ । यसरी पठाइने अवधारणा कहिँकतै कसैको टिभीसीबाट प्रभावित भएको, पुर्नप्रशोधन गरीएको वा अन्य अवधारणाको मर्म वा विषयबस्तुलाई नयाँ तरिकाले पुनर्निमाण गरिएको पाइएमा सो अवधारणालार्ई प्रतियोगीतामा सामेल गराइनेछैन ।

३) अवधारणा गीतसंगीत, संवाद, क्रियाकलाप वा अन्य जुनसुकै स्वरुपमा भएपनि मान्य हुनेछ तर सो अवधारणामा सर्जकको श्रृजनशिलता, मौलिकता तथा नविनता झल्केको हुनुपर्नेछ ।

४) कम्पनीले प्राप्त गरेको टिभीसी अवधारणाहरुमध्ये कुनै एक अवधारणालाई उत्कृष्ट घोषणा गरी सोको सर्जकलाई कम्पनीले पचास हजार रुपैँया नगद पुरष्कारले सम्मानीत गर्नेछ । यसरी प्रदान गरिने नगर पुरष्कारमा नेपाल सरकारको नियमबमोजिम लाग्ने कर लाग्नेछ ।

५) अवधारणाअनुसार यस कम्पनीले बनाउने टिभीसीमाथि यसै कम्पनीको मात्रै एकल स्वामित्व वा अधिकार रहनेछ ।

६) यस प्रतियोगीताअन्तर्गत कम्पनीले प्राप्त गरेर चयन नगरेको अन्य अवधारणाहरुमाथि तत्तत् सर्जकहरुको अधिकार निरन्तर रहनेछ भने सो अवधारणाहरुमध्ये कम्पनीले कुनै अवधारणा लिन वा अपनाउन चाहेमा सम्बन्धीत सर्जकसँगको सहमतीमा मात्र लिनेछ ।

७) यस प्रतियोगीतामा सहभागी हुन चाहनेले यहि मंसिर १ देखि मंसिर १५ गतेको साँझ ५ बजेसम्म आफ्नो अवधारणा पठाइसक्नुपर्नेछ ।

८) कम्पनीले अन्तत बनाउने टिभीसी कम्तीमा ४० सेकेण्ड र बढीमा ६० सेकेन्डको हुनेहुनाले सोही अनुसारको अवधारणाहरु मात्रै मान्य हुनेछन् ।


पुष्प दुलाल