सुजुकीको एस-प्रेसो नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?




काठमाडौ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले सुजुकीको पछिल्लो समय निकै चासोका साथ हेरिएको एसयुभि कार एस–प्रेसो सार्वजनिक गरेको छ ।

भारतमा सन् २०१९ को सेप्टेम्बर ३० मा सार्वजनिक भएको यो कार आज नेपालमा र्सावजनिक भएको हो । आज काठमाडौंमा सार्वजनिक गरिएको यो गाडी किन्न चाहानेहरुका लागि सिजी मोटोकर्पले केहि हप्ताअघि प्रि– बुकिङ खुलाएको थियो ।

सुजुकीको मूल्य भने भेरियन्ट अनुसार केहि फरक रहेको छ । एस–प्रेसो एसटिडि भर्सनको मूल्य २२ लाख ९९ हजार रहेको छ । त्यसगरी एलएक्सआइ भर्र्सनको २३ लाख ९९ हजार, भिएक्सआई भर्सनको २४ लाख ९९ हजार र भिएक्सआई प्लसको २५ लाख ४९ हजार रहेको छ । सुजुकी एस–प्रसो किन्ने पहिलो एक सय ग्राहकले फुल एक्सेसोरिज प्याकेज पाउनेछन् ।

१० वटा भन्दा धेरै सुरक्षा व्यवस्था रहेको यो गाडीमा कम्प्लाइन्ट १.० लिटरको के टेन इन्जिन जडान गरिएको छ । प्रतिलिटर २१.७ किलोमिटर माइलेज दिने यो गाडीमा स्मार्टप्ले स्टुडियो इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ । बोल्ड र पावरफुल एसयुभि लुक्का कारण यो योङ एसयुभि अन्य गाडीभन्दा फरक रहेको कम्पनीको दाबी छ ।

हार्टटेक्ट प्लेटफर्म को पाँचौ पुस्तामा निर्माण भएको यो गाडी मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले गर्दा यसको बनोट अझ बलियो, सुरक्षित र कठोर बनेको छ । यो गाडीमा वेस्ट इन क्लास फिचरहरुको पनि व्यवस्था रहेको छ ।

यस्तो छ एस–प्रेसोको बनावट विवरण

यस्तो छ एस–प्रेसोको इन्जिन विशेषता


क्लिकमान्डु