बाबुको अंश पाएर अर्बपति बनेका अनिल अम्बानी, जसले १२ वर्षमा सके ४५ अर्ब डलर सम्पत्ति



सन् २००८ मा अनिल अम्बानी विश्वका धनीहरुको सूचीमा ६ नम्बरमा थिए । अनिलको कारोबारी यात्रामा रिलाइन्ड कम्प्युनिकेशन सबैभन्दा अग्रणी थियो । जस भारतमा टेलिकमको दुनियाँमा क्रान्ति ल्याएको थियो ।

उनको प्रगति र सफलतालाई हेर्ने कोहीलाई पनि लाग्दैनथ्यो कि मात्रै एक दशकमा उनी ऋणमा चपेटामा पर्छन र केही गर्न नसक्ने अवस्थामा पुग्छन् ।

गत शनिबार अनिल अम्बानीले रिलायन्स कम्प्युनिकेशनको निर्देशक पदमा राजीनामा दिए । उनको कम्पनी रिलायन्स कम्प्युनिकेशन र त्यस अन्तर्गतका इकाइ कम्पनीहरु ऋणमा डुबेर लिलामिको प्रक्रियामा पुगेका छन् । कम्पनीमा लागेको ऋण चुकाउन कम्पनी नै बिक्री गर्नुपर्ने अवस्था आइ लागेको छ ।

आरकममा अहिले करिब ३६ हजार करोड भारु ऋण छ ।

पिता धिरुभाई अम्बानीले २८ हजार करोड भारुको रिलायन्स कम्पनीको रकम सन् २००५ मा दुई भाईमा भागबण्डा भयो । जसमा दुबै भाई २८ हजार करोड भारुको बराबरीका हिस्सेदार थिए । तत्कालिन समयमा नाफा कमाउने सम्भावना भएका कम्पनी टेलिकम सेक्टर अनिल अम्बानीको हातमा आएको थियो ।

दुबै भाईमा के सहमति भएको थियो भने आगामी १० वर्षसम्ममा जेठो दाई मुकेश अम्बानीले यस क्षेत्रमा हात हाल्ने छैनन् । अर्थात् अनिल अम्बानीका लागि यो निकै राम्रो अवसर थियो । तर अनिलले नाफा कमाउनु त परै जाओस भएको सम्पत्ति पनि विस्तारै गुमाउन थाले ।

पैसा त लगाए तर तरिका गलत

जानकारहरुको के भनाइ छ भने रिलायन्स इन्फोकमको सुरुवात २००२ मा भएको थियो । अनिल अम्बानीले सीडीएमएम टेक्नोलोजीलाई छनोट गरे र प्रतिष्पर्धा एयरटेल, हच म्याक्सले जीएसएम टेक्नोलोजी छनोट गरे । सीडीएमए टेक्नोलोजीको समस्या यो टु जी र थ्री जीमा मात्रै चल्थ्यो तर भारतमा तत्कालिन समयममा फोर जीको सुरुवात हुँदै थियो । अनिल अम्बानीको व्यापारमा यो समस्या थियो कि उनले लगानी गरे पनि लगानीपछिको तरिकामा निकै पछाडि भए ।

इन्फ्रास्टक्चर र इन्टरटेन्मेन्टमा लाग्यो झट्का

अनिल अम्बानीले एकै सथा ठूलो व्यापार विस्तार गरे । उनको मुख्य कम्पनीहरु सोही समय घाटामा आए जसले गर्दा उनी दुबैतर्फबाट एकै साथ मारमा परे । उनले सन् २००५ मा एड्ल्याव र सन् २००८ मा १.२ अर्ब डलरमा करार ड्रिमवक्ससँग काम गरे । त्यसपछि इन्फ्रास्टक्चर व्यवसायमा पनि आए । मनोरञ्जन र इन्फ्रास्ट्रक्चरमा उनी राम्रो काम गर्न सकेनन । दोस्रोतर्फ सन् २०१४ मा उनको उर्जा र इन्फ्रास्ट्रक्चर कम्पनी ऋणमा डुबे । त्यो ऋण तिर्नका लागि उनीसँग कम्पनी बिक्री गर्नुको विकल्प थिए । व्यापार बलियो थिएन र अरु पनि कम्पनी घाटामै थिए । तर पनि उनले कम्पनी बिक्री गर्नका लागि तयार भएनन ।

जियोले दियो अन्तिम चोट

अनिल अम्बानी यही संकटसँग जुधिरहेका थिए कि दाजु मुकेश अम्बानी टेलिकम क्षेत्रमा प्रवेश गरे । सम्झौता अनुसार १० वर्षसम्म उनी यस क्षेत्रमा आएनन । तर १० वर्ष सकिएपछि जियोलाई लिएर उनी यस क्षेत्रमा आए । र, पूरे बजारमा आफू मात्रै छाए । एयरटेल, भोडाफोन जस्ता ठूला कम्पनीहरु जियोको आँधीमा बेरिए र घाटामा जान थाले । अनिल अम्बानीको व्यापारका लागि यो निकै ठूलो झट्का थियो । संकटबाट अगाडि बढ्ने कोसिस गरिरहेका अनिल तीव्र गतिमा तर झर्न थाले । विगत केही वर्षमै अनिल अम्बानीको विग सिनेमा, रिलायन्स विग ब्रोडकास्टिङ जस्तै कम्पनी बिक्री गर्न पर्यो ।

रिलायन्स कम्युनिकेशनका साथमा ग्रुपको अन्य कम्पनीमा पनि विस्तारै विस्तारै ऋणको बोझ बढ्न थाल्यो । अनिल अम्बानीलाई सन् २०१४ मा नोक्सानी अझ ठूलो भयो । एक रिपोर्ट अनुसार सन् २०१८ मा रिलायन्ससँग १.७२ लाख करोड भारुको ऋण थियो । आरकम कम्पनीको सन् २००८ मा कुल मार्केट भ्याल्यू १ लाख ६५ हजार ९१७ करोड भारु थियो । जुन सन् २०१९ मा आइपुग्दा १ हजा ६८७ करोडमा सीमित भएको थियो । कम्पनीमा कुल ३५ हजार ६०० करोडको ऋण थियो । त्यसपछि कम्पनीको लिलामी प्रक्रिया सुरु गरिएको थियो ।

अहिले आरकमसँग ३५ हजार ६०० करोड भारु, रिलायन्स पावरसँग ३० हजार ३०० करोड भारु, रिलायन्स इफ्रासँग १७ हजार ८०० करोड भारु, रिलायन्स क्यापिटलसँग ३८ हजार ९०० करोड भारु, रिलाइन्स नोवेल एन्ड इन्जिनियरिङसँग ७००० करोड भारुको ऋण छ ।

दुबै भाइमा भिागबन्डा पछि अनिल अम्बानी अन्तर्गतको रिलायन्स ग्रुप अफ कम्पनीको मार्केट क्याप मार्च २००८ मा २ लाख २६ हजार ३४५ करोड भारु थियो । भने फेब्रअुरी २०१९ मा यो घटेर २४ हजार ९२२ करोड रुपैयाँ पुगेको थियो । जुन महिनामा त कम्पनीको मार्केट क्याप ६ हजार १९६ करोड भारुमा झरेको थियो । यसै समय अनिल अम्बानी अर्वपतिको सूचीबाट बाहिरिए । र, उनको निजी सम्पत्ति १ अर्ब डलरभन्दा पनि कममा पुग्यो ।

त्यस्तै, दोस्रोतर्फ दाई मुकेश अम्बानकिो रिलायन्स इन्डिसट्रिज लिमिटेड (आरआईएल)को मार्केट म्याप ९ लाख करोडभन्दा माथि पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार उनको कुल समपत्ति ५१.४० अर्ब डलर पुगेको छ ।


क्लिकमान्डु