३ महिनामा गरिमा विकास बैंकले १८ करोड ८३ लाख रुपैयाँ नाफा कमायो



काठमाडौं । गरिमा विकास बैंकको नाफामा २.११ प्रतिशतको बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ५४ लाख रुपैयाँ नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड २८ लाख रुपैयाँ नाफा बढाएर १८ करोड ८३ लाख रुपैयाँ नाफा पुर्याएको हो ।

बैंकले शुत्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म बैंकले ३५ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरि ३० अर्ब ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने बैंकले सो अवधिमा ४६ करोड ४६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको हो । बैंकको वितरण योग्य नाफा भने ६ करोड ३ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ छ भने बैंकको जगेडा कोषमा ६३ करोड २० लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.३६ प्रतिशत, कष्ट अफ फण्ड ८.४८ प्रतिशत, बेसरेट ११.२० प्रतिशत, स्पेटदर ५.३१ प्रतिशत र सीसीडी रेसीयो ७७.१३ प्रतिशत रहेको छ । साथै हाल बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २२ पैसा छ ।


पुष्प दुलाल