व्यवसायीको बम्पर उपहारः भ्रमण वर्ष २०२०मा आउने पर्यटकले होटेलमा ३०% सम्म छुट पाउने
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न होटेल व्यवसायीले बम्पर प्याकेज ल्याएका छन् ।
होटेल एसोशिएसन अफ नेपाल (हान) ले आफूसँग आवद्ध होटेलहरुले भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई रुम चार्जमा ३० प्रतिशत र खानाका परिकारहरुमा १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
हानले तिहारअघि नै यस्तो निर्णय गरेको थियो । तर, आज मात्रै औपचारिक घोषणाा गरेको हो ।
‘हानसँग आवद्ध देशभर २ हजार वटा पर्यटक स्तरीय होटेल छन्, छुट दिने हाम्रो निर्णयले पर्यटन वर्ष सफल बनाउन ठूलो मद्दत गर्नेछ,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले क्लिकमाण्डूसँग भने ।
हानमा ठूलो लगानीका पर्यटकस्तरीयदेखि तारे होटेल सञ्चालकहरु आवद्ध रहेका छन् ।