रोयल इन्फिल्ड बुलेट ३५० केएस र ३५० इएसमा कुन राम्रो ?




काठमाडौं । रोयल इन्फिल्ड बुलेट ३५० दुईवटा भेरियन्ट– केएस (किक स्टार्ट) र इएस (इलेक्ट्रिक स्टार्ट) मा उपलब्ध छ । नाम अनुसार नै प्रष्ट हुन्छ कि दुईवटा बाइकमा रहेको प्रमुख फरक नै यसको स्टार्ट फिचरमा छ ।

बुलेट ३५० केएस किक स्टार्टबाट चल्छ भने बुलेट इएस किक स्टार्टका साथै इलेक्ट्रिक स्टार्टबाट पनि चल्छ । यसका अलावा यी दुई बाइक इलेक्ट्रिकल्स, कर्ब वेट, कलर अप्सन र मूल्यमा पनि फरक छन् ।

रोयल इन्फिल्ड बुलेट ३५० केएसमा १२ भोल्टको एसि/डिसी इलेक्ट्रिकल सिस्टम रहेको छ भने बुलेट ३५० इएसमा १२ भोल्टको डिसी (थ्री फेज) इलेक्ट्रिकल सिस्टम छ ।

केएसमा १२ भोल्टको ५ एएच ब्याट्री छ भने इएसमा १२ भोल्टको ८ एएच भिआरएलए ब्याट्री छ । त्यसैगरी बुलेट ३५० केएसको कर्ब वेट १८५ केजी छ भने इएस मोडलको कर्ब वेट १८९ केजी रहेको छ ।

कलरको सन्दर्भमा पनि यी दुई बाइकमा केही फरक रहेको छ । केएस मोडल चारवटा कलरमा उपलब्ध छ भने इएस मोडल पाँचवटा कलरमा उपलब्ध छ ।

तर दुबै बाइकका इञ्जिन, चेसिस, ब्रेक र टायर भने एउटै रहेका छन् । समान ३ सय ४६ सीसी क्षमताका यी बाइकमा सिंगल सिलिण्डर इन्जिन छन् । जसले १९.८ बिपिएच र २८ एनएम टर्क उत्पादन गर्छन ।

१९ इन्चका टायर रहेका यी बाइकमा २८० एमएमको फ्रन्ट डिस्क रहेको छ भने पछाडि १५३ एमएमको ड्रम छ । यसका साथै दुबै भरियन्टमा अहिले सिंगल च्यानल एबीएस जडान गरिएको छ ।


क्लिकमान्डु