जग्गा प्राप्ति र डेडिकेटेड विजुली विल औद्योगीक क्षेत्रका मूख्य समस्याः शेखर गोल्छा (भिडियो)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जग्गा प्राप्ति र प्रयोग नै नगरेको डेडिकेटेड लाइनको विजुलीको बिल औद्योेगिक क्षेत्रका प्रमुख समस्या बनेको बताएका छन् ।

विश्व बैंकद्धारा नेपालको डुइङ विजेशमा भएको सुधारबारे आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष गोल्छाले डुइङ विजनेशमा देशले फड्को मार्नु खुसीको कुरा भएको बताए ।

सरकारका कामले डुइङ विजनेशमा सकरात्मक प्रभाव देखिएपनि औद्योगिक क्षेत्रमा अझै विभिन्न समस्या रहेको उनको विचार छ । सरकारले विभिन्न पक्षमा सहजिकरण गर्दै गएपनि अहिलेका प्रमुख समस्यामा जग्गा प्राप्ति र डेडिकेटेड लाइनको महसुल रहेको उनको भनाइ छ ।

त्यसैगरी उनले ठुला उद्योगीहरुले बैंकबाट ऋण लिन सक्ने तर आफुलाई ऋण लिन निकै समस्या भएका साना तथा मझौला उद्योगीहरुको गुनासो रहेको समेत उनले गुनासो गरे ।

निजी क्षेत्र विदेशी लगानी भित्राउन लागि परेको र डुइङ विजनेशमा देखिएको सुधारले लगानी भित्राउन सहज हुने उनले बताए ।

‘अब सरकारले कस्ट अफ डुइङ विजनेशमा पनि ध्यान दिन जरुरी छ,’ उनले भने ।

 


पुष्प दुलाल