जगदम्बा मोटर्सको “टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर” सम्पन्न



काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आयोजना गरेको “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर” सम्पन्न छ ।

यही कार्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा संचालन भएको मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप रु.१०,०००÷– मुल्याँकन जस्ता उत्कृष्ट अफरहरु रहेका थिए ।

मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि थिए । उक्त मेलाको आकषर्ण अझ बढाउन टि.भि.एस स्कुटरका ब्राण्ड एम्बासेडर स्वस्तिमा खड्काको पनि उपस्थिती थियो ।

ग्राहकले “टिभिएस दशैंको दौड” योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भनें किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ ।


क्लिकमान्डु