तिहारका लागि १ करोड रुपैयाँको माला भारतबाट ल्याइँदै



काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकीरहेको छ । यो चाडलाई फूलैफूलैको पर्वको रुपमा पनि मनाइन्छ । अन्य चाडपर्वमा भन्दा तिहारको अवसरमा बजारमा फूलको माग अत्याधिक बढी हुने गर्छ ।

नेपालमा हरेक वर्ष तिहारको समयमा फूलको माग आन्तरिक उत्पादनले धान्न नसकेर अन्य मुलुकहरुबाट आयात गर्ने गरिएको छ । यो वर्षपनि तिहारमा फूलको माग आन्तरीक उत्पादनले नपुग्ने भएपछि भारतबाट १ करोड रुपैयाँ बराबरका २ लाख ५० हजार सयपत्रीका माला भारतबाट आयत गरिने भएको छ ।

आन्तरिक उत्पादनले सयपत्रीफूलको मालाको माग धान्न नसकेपछि भारतबाट आयत गरिने नेपाल फ्लोरिकल्चर्स एसोसिएसन (फ्यान) अध्यक्ष कुमार कसजुले क्लिकमाण्डुलाई बताए । सयपत्रीका १ वटा मालाको मूल्य प्रतिगोटा ४० रुपैयाँ तोकिएको कसजुले जानकारी दिए ।

‘आन्तरिक उत्पादन कम भएर भन्दापनि किसानहरुले गुणस्तरका पूmलहरु उत्पादन नगरेका कारण माग पुरा गर्न नसकिएको हो,’ उनले भने ‘किसानहरुले बारीको डिलमा लोकल जातीका पूmलहरु लगाएर त्यसको बजार खोज्छन्, त्यस्ता फूलहरुले बजार तथा मूलय पाउन गाह्रो छ ।’

पुष्प विकास केन्द्रको चासो पुष्प व्यवसायको विकास र प्रवद्र्धनमा कम हुँदा करोडौँको फूल भारतबाट आयत गरिनु पर्ने अवस्था सिर्जना भएको कसजुको आरोप छ ।

‘फ्यानको तर्फबाट पुष्प विकासमा गर्नु पर्ने सम्पुर्ण प्रयासहरु गरिरहेका छौं,’ अध्यक्ष कसजु भन्छन् ‘सरकारको पुष्प विकास केन्द्र भने सुस्ताएको छ, आफ्नो जिम्मेवारी के हो ? त्यो बुझेर काम गर्नु पर्छ ।’

सरकारले यो ग्रामिण क्षेत्रमा पुष्प व्यवसाय गर्न लगानी बढाएर नयाँ प्रविधिहरु भित्र्याएर कृषकहरुलाई तालिम दिनु पर्ने उनको भनाई छ ।

यो वर्षको तिहारमा ७ करोड २० लाख रुपैयाँ १ करोड ८० लाख रुपैयाँ बराबरका १८ लाख वटा सयपत्रीका माला आवश्यक पर्न अनुमान गरिएको छ । जसमा १५ लाख ५० हजार आन्तरिक उत्पादनले पूरा गर्ने र बाकी २ लाख ५० हजार माला भारतबाट आयत गरि माग पूरा गर्न लागिएको फ्यान अध्यक्ष कसजुले जानकारी दिए । आवश्यक मालाहरु भारतबाट तिहारको लक्ष्मी पुजाको दिनसम्म भारतबाट नेपाल ल्याइसक्ने उनले बताए ।

यो वर्षको तिहारमा करिब १५ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने कसजुको अनुमान छ । गत आर्थिक बर्षमा २ अर्ब ४२ करोड रुपैयाँ बराबरका फूलको कारोबार भएको थियो भने गत वर्षको तिहारमा मात्र ९ करोड रुपैयाँ बराबरका फूलको कारोबार भएको थियो भने यो वर्ष आन्तरिक उत्पादन बढेको कारणले गत वर्षको तिहारमा भन्दा ५० हजार वटा कम सयपत्री फूलका माला आयत गरिएको छ । गत वर्षको तिहारमा लाख माला आयात गरिएको थियो ।

तिहारमा सयपत्रीसँगै मखमली र गोदावरी फूल मालाको पनि प्रयोग गरिन्छ । हालसम्म तिहारको मखमली र गोदावरी फूल माग भने आन्तरीक उत्पादनले नै पूरा गरिरहेको छ । यो वर्षको तिहारको लागि ७ लाख ५० हजार मखमली र गोदावरी फूलको माला आवश्यक पर्ने अनुमान गरिएको छ । उक्त माग आन्तरीक उत्पादनले नै प्रयाप्त मात्रामा धान्न सक्ने कसजुको भनाइ छ ।

नेपालमा हाल सबैभन्दा धेरै व्यवसायीक पुष्प खेती सिन्धली, काभ्रे, मकावनपुर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, चितवन, धनुषा र काठमाडौ उपत्यका भित्र भक्तपुर, ललितपुर लगायतका ४१ जिल्लाहरुमा सयपत्री फूलको व्यवसायिक रूपमा उत्पादन हुँदै आएको छ ।


पुष्प दुलाल